Birendranagar Municipality

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा स्वर्णिम वाग्ले

सेरोफेरो
१९ साउन । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थशास्त्री डा. वाग्लेलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हाे ।

 

आयोगको सदस्यको भुमिकामा रहेर काम गरिसकेका वाग्ले सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापारका समेत विज्ञ हुन् । उनले अष्ट्रेलियन नेस्नल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । उनले अमेरिकाको हार्भड युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेका हुन् ।

 

वाग्लेले विश्व बैक र राष्ट्रसंघीय विकास कार्यक्रममा उच्च तहमा रहेर समेत काम गरिसकेका छन्

२०७४ साउन १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्