तस्विर : निरबको फेसबुक वालबाट
सेरोफेरो
१९ साउन । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार रेणु दाहाललाई सामाजिक संजाल फेसबुक मार्फत गाली गर्ने निरब ज्ञवाली रिहा भएका छन् । प्रचण्ड पुत्री समेत रहेकी रेणु माओवादी केन्द्रको तर्फवाट उम्मेदवार हुन् ।
मत गणनाको क्रममा मतपत्र च्यातीएपछी निरबले फेसबुक मार्फत रणुलाई गाली गरेको आरोपमा बुधवार पुतलीसडक काठमाडौबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णराम कोइरालाले २५ हजार धरौटीमा रिहा गरेका हुन । उनलाई साइबर क्राइम अन्तर्गत मुद्दा चलाउन प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
निरबको तर्फबाट अधिवक्ताहरु शम्भु थापा, टिकाराम भट्टराई, रमेश बडाल लगायतले बहस गरेका थिए । निरब एमालेको तर्फबाट भरतपुर महानगरका मेयर पदका उम्मेदवार देवी ज्ञवालीका छोरा हुन् ।
प्रतिकृया दिनुहोस्