Birendranagar Municipality

हरि विष्टको मौलीक तीज कोसेली नदि तिरैमा सार्वजनिक (भिडियो सहित)

सेरोफेरो
२० साउन । लोक तथा दोहोरी सर्जक हरि विष्टको मौलीक तीज गित नदि तिरैमा बजारमा आएको छ । हरेक वर्ष उत्कृष्ट मौलीक भाकासंगै आउने विष्ट २०७४ को तीजको लागि सम्झना माइतिको भाग ५ मार्फत नदि तिरैमा लियर आएका छन् ।

 

चर्चित गायिका टिका पुन र अनु गुरुङको स्वर रहेको तीज गितमा हिर विष्टको शब्द र संगित रहेको छ । गंगामाला फिल्मस् प्रा. लिले बजारमा ल्याएको यस गितमा दिपाशा विसी र करिश्मा ढकालको अभियन रहेको छ भने चर्चित नृत्य निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् ।


तीजका भाकाहरुमा मौलीकता हराउदै गएको गुनासो आउन थालेको बेला विष्टले मौलीक भाका पस्कने गरेका छन् । उनले माईतीको देश, ढल्क्यो उमेर, टिपन सकिन, तीजको दरखाने बेला, सम्झना माइतीको र पानी सलल लगाएत तीज भाकाहरु बजारमा ल्याईसकेका छन् ।

भिडियो हेर्नुहोस् 

२०७४ साउन २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्