Birendranagar Municipality

लेखा समितिले माग्यो साझा प्रकाशनको आर्थिक विवरण

सेरोफेरो
२० साउन । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले साझा प्रकाशनको सम्पूर्ण आर्थिक विवरण माग गरेको छ । शुक्रबार बसेको समितिको बैठकले पाँच दिनभित्र सम्पूर्ण आर्थिक तथा प्रशासनिक विवरण पेश गर्न उक्त प्रकाशनलाई निर्देशन दिएको हो ।

 

साझाका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सरकारले उपलब्ध गराएको अनुदान तथा ऋण सहयोग रकमको चरम दुरूपयोग गरेको भन्ने समाचार सार्वजनिक भएपछि समितिले उक्त कदम चालेको हो ।


यसैगरी समितिले नेपाल आयल निगमले हालैमात्र जग्गा खरीद गर्दा आर्थिक अनियमितता भएको भन्दै सबै पक्षलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाउने निर्णय गरेको छ।

 

२०७४ साउन २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्