सेरोफेरो
२० साउन । सडक सबैको साझा हो । जसले पनि प्रयोग गर्न पाउँछ । तर सडक प्रयोगको अनुशासन हुन्छ । लेन अनुशासनले सडक दुर्घटना घटाउँछ । बाटो काट्दा यताउता हेरेर जेब्रा क्रसिङबाट मात्रै बाटो काट्नुपर्ने नियम छ । सहायक बाटोबाट मूल सडकमा आउने सवारी साधनले पालो कुर्नुपर्ने हुन्छ । सडकमा पैदल यात्री, साइकल यात्री वा ठूला सवारी साधन कसलाई प्राथमिकता दिनुपर्ने हो सो सम्बन्धी नियम बनाई लागू गर्न सकिन्छ ।
सडकमा अव्यवस्थित पशु चौपायाका कारण पनि सडक दुर्घटना भएका छन् । हुनत पशुलाई सडकका नियमहरु पालना गर्न लगाउन सकिंदैन । यसको व्यवस्थापन हाम्रै जिम्माको कुरा हो । खुला तथा न्यानोपनका लागि पनि पशु चौपाया पिच सडकमा बस्ने गरेको पाइन्छ । दुध दिउन्जेल घरमा पाल्ने र थाकेपछि सडकमा ल्याएर छोडिदिन मिल्छ कि मिल्दैन ? सडक र शहर सुन्दर बनाउने जिम्मेबारी कसको हो ? उब्जेका यी र यस्ता प्रश्नको उत्तर कसले दिने ?
मुलुकका अन्य शहरमा जस्तै सुर्खेतको वीरेन्द्रनगरमा पनि छाडा पशु चौपाया सडकमा यत्रतत्र देख्न पाइन्छ । उप–मेयर मोहनमाया ढकालका अनुसार छाडा चौपाया व्यवस्थापनका लागि नगरसभाबाट बजेटको व्यवस्था गरिएको छ । रानीघाटमा गौशालाको निर्माण गरिएको छ । यद्धपी प्रदेश नं. ६ को संभावित राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरका मूल सडकमा अव्यवस्थित छाडा चौपाया भेटिन्छन् ।
सेरोफेरोले खिचेका नगरका विभिन्न स्थानमा भेटिएका छाडा चौपायाको तस्बिर हेर्नुहोस् ।
प्रतिकृया दिनुहोस्