सेरोफेरो
२१ साउन । डोटीको बोगटान गाउँपालिका–६ गगुडामा गएराति जीप दुर्घटना भएको छ । दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । दिपायलबाट बोगटान जाँदै गरेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप सडकबाट करीब १ हजार मिटर तल खसेको थियो।
दुर्घटनाबाट मृत्यु हुनेमा सिमचौरका ३५ वर्षीय विष्णुबहादुर मगर, ५५ वर्षीय भीम घर्तीमगर, ५० वर्षीय बुढो घर्ती मगर, ४५ वर्षीय गोरख थापा, ४८ वर्षीय शशीरामबहादुर पुनमगर, ४५ वर्षीय ललितादेवी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्तीमगरको मृत्यु भएको हो। जीपचालक शिखर नगरपालिका १–कपल्लेकीका २८ वर्षीय कृष्णबहादुर नेगीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घाइतेहरु चपरतोलाका दलबहादुर पुनमगर, हर्कबहादुर पुनमगर, वीरबहादुर घर्तीमगर र प्रकाश घर्तीमगरलाई उपचारका लागि सदरमुकामनजिकैको सुजङ अस्पताल लगिएको प्रहरीले जनाएको छ । जीपमा सवार ३ जनाको अवस्था सामान्य छ।
प्रतिकृया दिनुहोस्