सेरोफेरो
२२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको छ । नेता पशुपतिशम्शेर राणाले आइतबार निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिएपछि राप्रपा फुटेको हो ।
राणाको नेतृत्वमा खोलिएको नयाँ 'राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक'मा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे रहेका छन् । नयाँ दलमा उनीहरुसहित २२ सांसद तथा ७२ केन्द्रीय सदस्य रहेको जनाइएको छ ।
राणा नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच केही समयअघि एकता भएको थियो । एकताको महाधिवेशन पश्चात् पनि राणालगायत केही नेताहरू असन्तुष्ट रहेका थिए । उनीहरूले कमल थापा नेतृत्वको विरोध गर्दै आएका थिए ।
(तस्बिर : अनलाइन खबर)
प्रतिकृया दिनुहोस्