सेरोफेरो
२२ साउन । सडक हिंड्न सजिलोको लागि बनाइएको हुन्छ । समयको माग र आवश्यकता अनुसार गोरेटो बाटो, घोडेटो बाटो, मोटर बाटो बनाई प्रयोग गरियो । आजको युगमा त हवाई मार्गसमेत प्रचलित छ ।
बाटो विकासको प्रतिक पनि हो । हुनपनि बाटो विना विकासका अन्य पूर्वाधार बनाउन सकिंदैन । तर सडक खनेर मात्र पुग्दैन । गाडी गुड्न सक्ने हुनुपर्छ । गाडी गुडेरमात्र हुँदैन । सुरक्षित तवरले गन्तव्यमा पुग्न सक्ने हुनुपर्छ । यतिले मात्र पनि पुग्दैन । गाडी गुड्दै गर्दा त्यसले अरुलाई क्षति पुर्याउन हुँदैन ।
सडकमा गुड्ने गाडीले पैदल यात्रीको सुरक्षित भई हिंड्न पाउने अधिकारको संरक्षण गर्नुपर्छ । सडकका नियम सबैले पालना गर्नुपर्छ । ता कि सडक कसैको काल नवनोस् ।
सडक सुरक्षा र सडक सुशासनसंग जोडिएका यस्ता सवाललाई कसले ध्यान दिने ? सडक पूर्णतया सुरक्षित छ वा छैन कसले मापन गर्ने ? सडकमा रहेका ठूल्ठूला खाल्डा पुर्ने जिम्मेवारी कसको हो ? सडक बनाएर मात्रै पुग्छ कि बेलाबखत मर्मत् पनि गरिनुपर्छ ? जनतासंग प्रत्यक्ष सरोकार राख्ने सडक निर्माणमा किन हुन्छ घोटाला ? समयमै किन पुरा हुँदैनन् निर्माणका काम ? निर्माण व्यवसायीको सामाजिक दायित्व हुन्छ कि हुँदैन ? किन हुन्छ कागजी असारे विकासको सजिलै भुक्तानी ? यस्तो अनियमितता रोक्ने निकायले के हेरेर बसेका छन् ?
वीरेन्द्रनगरका केही स्थानमा देखिएको सडक दुर्दशालाई सेरोफेरोले तस्बिरमार्फत् देखाउने प्रयास गरेको छ ।
क्याम्पस रोड ।
जिल्ला कृषि विकास कार्यालय परिसरको सडक ।
जिल्ला अदालत परिसरको सडक ।
लोकसेवा आयोग परिसरको सडक ।
विद्युत् प्राधिकारण परिसरको सडक ।
जिल्ला टाफिक प्रहरी कार्यालय परिसरको सडक ।
जिल्ला प्रहरी कार्यालय परिसरको सडक ।
हटियाको सडक ।
बसपार्क ।
मंगलगढी चोकबाट वीरेन्द्रनगरको मुख्य बजार जाने बाटो ।
जुम्ला रोड ।
निर्माणाधीन फोर लेन सडक ।
सैनिक आवासीय स्कूल परिसरको सडक ।
इगरब्रिज स्कूल परिसरको सडक ।
कर्मचारी संचय कोष नजिक रत्न राजमार्ग ।
प्रतिकृया दिनुहोस्