सेरोफेरो
२३ साउन । जिल्ला समन्वय समिति दैलेखमा एमालेको प्यानल विजयी भएको छ । सोमबार भएको समितिको निर्वाचनमा प्रेम बहादुर थापा प्रमुख र लक्ष्मिदेवी शाह उपप्रमुखमा विजयी भएका हुन ।
विजयी दुवैले १४ \ १४ मत प्राप्त गरे । यसैगरी समन्वय समितिको सदस्यमा नन्दबहादुर खड्का, बालकृष्ण केसी, चन्द्रा नेपाली, सर्वराज महतरा, गिता चन्द, चन्द्रकला रावल र ललितजंग माँझी विजयी भएका छन् ।
काँग्रेसबाट प्रमुखमा नगेन्द्रबहादुर खत्री, उपप्रमुखमा निर्मला खड्का, सदस्यहरुमा भुपाल थापा, सावित्री रेग्मी, बखतकुमार सापकोटा, बलबहादुर शाही, सिता विक, रत्नबहादुर कार्की र कृष्णबहादुर महताराले उम्मेदवारी दिएका थिए ।
११ स्थानीय तह रहेको दैलेखमा ७ स्थानमा एमाले र ४ स्थानमा काँग्रेस विजयी भएका छन् । २२ मतमध्ये १४ एमाले र ८ काँग्रेसको रहेको थियो ।
प्रतिकृया दिनुहोस्