Birendranagar Municipality

जिल्ला समन्वय समिति सुर्खेतमा काँग्रेस

जिल्ला समन्वय समिति सुर्खेतमा काँग्रेस

सेरोफेरो
२३ साउन । जिल्ला समन्वय समिति (जिसस) सुर्खेतमा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । सोमबार सम्पन्न निर्वाचनमा जिसस प्रमुख, उपप्रमुख तथा सात सदस्यमा नेपाली काँग्रेसका उमेदवारले जित हासिल गरेका छन् ।

 

जिसस प्रमुखमा छबिलाल सिग्देल, उपप्रमुखमा देवी भट्टराई, महिला सदस्यमा बालकुमारी पुन, रम्बाकुमारी बिसी र पुर्णा चालिसे बिजयी भएका छन् भने दलित अल्पसंख्यक सदस्यमा पुसे कामी बिजयी भएका छन् । अन्य सदस्यहरुमा तिर्थबहादुर रावत, वासुदेव शर्मा र वीरसिंह घर्ती निर्वाचित भएका छन् ।


नेकपा एमालेका तर्फबाट प्रमुखमा टोपबहादुर रास्कोटी र उपप्रमुखमा दीपा चन्दले उमेदवारी दिएका थिए ।

२०७४ साउन २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्