Birendranagar Municipality

दिवङ्गतको सम्झनामा आज गाईजात्रा

दिवङ्गतको सम्झनामा आज गाईजात्रा

सेरोफेरो

२४ साउन । काठमाडौं उपत्यका लगायत नेवार समूदायको बाहुल्य रहेका स्थानमा मंगलबार गाईजात्रा मनाइँदैछ । नेवार समूदायले दिवङ्गत भएकाको सम्झनामा भाद्र शुक्ल प्रतिपदामा यो जात्रा मनाउने गरेको पाइन्छ ।


वर्ष दिनभरी दिवङ्गत भएकाको स्मृतिमा पूण्यको कामना गर्दै गाईको झाँकीमा आएकालाई चोखो खानेकुरा र भेटी दान गर्दा पितृले मोक्ष पाउँछन् भन्ने मान्यता छ । काठमाडौंमा मृतकको तस्विरसहित गाईको झाँकी हनुमानढोका दरबार परिक्रमा गराइन्छ ।


गाईजात्रा नेवार समूदायको बाहुल्य भएका काभ्रेको बनेपा, धुलिखेल र पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, धार्दिङको त्रिशूली क्षेत्र, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम लगायतका स्थानमा समेत मनाइन्छ । गाईजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

 

(तस्बिर: थाहाखबरबाट)

२०७४ साउन २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्