सेरोफेरो
२७ साउन । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७३/०७४ मा द्वन्द्वपीडितलाई ११ करोड राहत रकम वितरण गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यालयले एक बर्षमा सम्पादन गरेका कार्यहरुको विवरण सार्वजनिक गरेको हो ।
कार्यालयले उक्त आर्थिक बर्षमा विभिन्न शीर्षक अन्तर्गत एक करोड ७ लाख रुपैया राजश्व संकलन गरेको छ । सबैभन्दा बढी राहदानी दस्तुर वापत ९७ लाख ९५ हजार पाँच सय, न्यायिक दण्ड वापत चार लाख १२ हजार नौ सय ४८ रुपैया राजश्व संकलन गरेको छ, कम्पनी रजिष्ट्रेशन दस्तुर तीन लाख १८ हजार चार सय, हातहतियार ईजाजत दस्तुरमा ३७ हजार, सरकारी सम्पत्तिको विक्रीबाट २३ हजार सातसय, अन्य विक्रीमा एक लाख ५६ हजार ७६, परीक्षा दस्तुरमा ५६ सय र प्रशासनिक दण्ड एकहजार रुपैया संकलन गरेको कार्यालयले जनाएको छ ।
प्रशासनले गरेका कार्यहरुको सूचना जनतासम्म पु¥याउनुपर्नेे कार्यालयको दायित्व भएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताएका छन् । सुर्खेतको गुर्भाकोट, लेकबेसी, भेरीगंगा नगरपालिका तथा सिम्ता, बराहताल, चौकुने र चिङ्गाड गाउँपालिकाका विभिन्न स्थानमा घुम्ती शिविर सञ्चालन गरी नागरिकता वितरण गरेको पनि उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्