फाइल फोटो
सेरोफेरो
२८ साउन । देशभर परिरहेको वर्षाका कारण जनजिवन प्रभावित भएको । वर्षाका कारण अहिले सम्म ३० जनाले ज्यान गुमाइसकेका छन् । नेपालको तराइ क्षेत्रमा बाढीले जनजिबन प्रभावित बनाएको छ ।
गृह मन्त्रालयका अनुसार सुनसरीमा ७, मोरङमा ३, सिन्धुलीमा ४, पाँचथरमा ३, झापामा २, बाँकेमा ३ जनाको मृत्यु भएको छ । यसैगरि बारा, सर्लाही, पाल्पा र दाङमा एक एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दे सर्वसाधारणलाइ उच्च सर्तकता अपनाउन अपिल गरेको छ । मन्त्रालयका प्रवत्ता दिपक काफ्ले द्धारा सार्वजनिक गरिएको विज्ञप्तिमा सरकारबाट सवै सुरक्षा निकायसंग समन्वय गरि खोज, उद्धार र राहातको प्रयास भइरहेको र सवै सरोकारवाला निकायहरुले पनि सहयोग गर्न अपिल गरिएको छ ।
गृह मन्त्रालयको विज्ञप्ति पढ्नुहोस्
प्रतिकृया दिनुहोस्