२८ साउन, । सुर्खेतको वीरेन्द्रनगरमा तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । ‘अग्रज कलाकारलाई सम्मान, नवसर्जकलाई प्रोत्साहन कला संस्कृतिको संरक्षण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सिंगारो म्युजिक प्राली सुर्खेतले भदौ ३ गते कार्यक्रमको आयोजना गर्ने भएको हो ।
प्रालिका प्रबन्धक बिशाल ढकालका अनुसार वीरेन्द्रनगर स्थित घण्टाघर पार्कमा गरिने उक्त सांस्कृतिक कार्यक्रमको उद्देश्य कला संस्कृतिको जगेर्ना गर्ने रहेको छ । उनका अनुसार कार्यक्रमको प्रवेश शुल्क विद्यार्थीहरुका लागि ५० र अन्यको लागि एक सय रुपैंया तोकिएको छ ।
कार्यक्रममा गोपाल नेपाल जियम, टिका तारमी मगर, ध्रुव हिमाली, दिपासा बिसी, कमल बिष्ट, सुनिता बिसी, संचिता ठकुरी, पार्वति थापा, गणेश हमाल लगायत अन्य कलाकारको उपस्थिती रहने आयोजकले जनाएका छन् ।
प्रतिकृया दिनुहोस्