Birendranagar Municipality

२७२ लाई वरिष्ठ अधिवक्ताको उपाधी

रोफेरो
२८ साउन । सरकारले २७२ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधी दिएको छ । सर्वोच्च अदालतको साउन २५ गते बसेको पूर्ण बैठकको निर्णय बमोजिम उनीहरुलाई उक्त उपाधी प्रदान गरिएको हो ।

 

मिति २०२६ जेठ २८ मा अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेका महोत्तरीका कुशेश्वर पाठकदेखि २०४९ साउन ७ गते प्रमाणपत्र प्राप्त काठमाडौंका श्यामराज ढुंगेलसम्मले उक्त उपाधी पाएका छन् ।

 

वरिष्ठ अधिवक्ताको उपाधी पाउनेमा नेपाली कांग्रेसका नेता रमेश लेखक, नयाँशक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटा तथा नेकपा माओवादी केन्द्रका नेता रामनारयण बिडारी समेत रहेका छन् ।

 

हेर्नुहोस् सूची :

 

२०७४ साउन २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्