सेरोफेरो
२९ साउन । गत शुक्रबार राति देखिको वर्षाका कारण पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन् ।
गुर्वाकोट नगरपालिका ६ बडाखोलीमा पहिरोले घर बगाउदा गुमानसिंह बुढा सहित तीन जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत हुनेमा ८३ वर्षीय गुमानसिंह बुढा, उनका नातीहरु १४ वर्षीय बिक्रम बुढा र १२ वर्षीय सरन बुढा रहेका छन् ।
गएराति करिव १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ । पुरिएको सव प्रहरीले निकालेको छ ।
प्रतिकृया दिनुहोस्