तस्बिर : सामाजिक सञ्जालबाट
सेरोफेरो
२९ साउन । बाढीले जीप बगाउँदा रौतहटमा सुत्केरी सहित छ जनाको मृत्यु भएको छ । सुत्केरी गराउन स्वास्थ्य संस्थामा जाने क्रममा बाढीले बगाउँदा उनीहरुको ज्यान गएको हो ।
राजपुर गाउँपालिका ३ स्थित बाँध भत्किंदा उनीहरु चढेको जीप बगेकाे थियो । मृत्यु हुनेमा परोहा गाउँपालिका ३ लौकाहाका ३२ वर्षीय चन्दन यादव, उनकी श्रीमती शर्मिला यादव, आमा सुमित्रादेवी, भाउजु ललितादेवी यादव, भतिजा सरोज यादव र छोरी छोटु यादव रहेका छन् ।
मृतक छ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए । लौकाहाबाट बिहान करीब ३ बजे उनीहरु राजपुरमा रहेको स्वास्थ्यकेन्द्रमा जाँदै थिए ।
शर्मिलादेवीलाइ सुत्करी ब्यथा लागेपछि उनीहरुकाे परिवार नै जीपमा दुइ किलोमिटर टाढा रहेको स्वास्थ्य केन्द्र जाँदै थिए । स्वास्थ्यचौकी पुग्न करीब दुइ सय मिटर बाँकी छँदा उनीहरु चढेको जीप बगाएको प्रहरीले जनाएको छ ।
(अन्नपुर्ण पोष्टको सहयोगमा)
प्रतिकृया दिनुहोस्