Birendranagar Municipality

आज कृष्ण जन्माष्टमी

आज कृष्ण जन्माष्टमी

सेरोफेरो
३० साउन । हिन्दु धर्मावलम्वीहरुले आज भगवान श्रीकृष्णको जन्मोत्सव मनाउँदैछन् । सोमबार बिहानैदेखि नेपाल र भारतका विभिन्न कृष्ण मन्दिरमा भक्तजनको घुईंचो लागेको छ ।

 

जब जब धर्मको लोप भई पाप बढ्छ तब तब धर्मको रक्षाको निम्ति मेरो जन्म हुन्छ भन्ने उद्घोष अनुरुप भगवान् विष्णुको आठौं अवतारको रुपमा द्वापर युगमा कृष्णले जन्म लिएका थिए । कृष्णका मामा कंशले आफ्नै दिदी देवकी र भिनाजु वासुदेवलाई कैदमा राखेको समयमा आजकै दिन राती कृष्णको जन्म भएको थियो ।

 

भाद्र कृष्ण अष्टमीका दिन हरेक बर्ष कृष्णको आरधना गरी कृष्ण जन्माष्टमी मनाइन्छ । भगवान् कृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ ।

२०७४ साउन ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्