सेरोफेरो
३० साउन । सप्तरीको कोइलाडी ६ का ८ वर्षीय कमल सदाको कोशी नदीमा बगाएर अन्येष्टि गरिएको छ । निरन्तर बर्षा र बाढीका कारण बिरामी परेका सदाको आइतबार मृत्यु भएपछि कोशीमा बगाएर उनको अन्तिम संस्कार गरिएको हो ।
बालकको मृत शरीर उनका काका देवकुमार सदाले नदीमा लगेर बगाएका थिए । परम्परा अनुसार लाश जमीनमा पुरेर अन्तिम संस्कार गर्नुपर्नेमा जताततै जलमग्न भएपछि त्यसो गरिएको सदाले बताए ।
बाढीले निम्त्याएको उक्त दुःखद घटनाको तस्बिर यूरोपियन प्रेसफोटो एजेन्सी (ईपीए)का लागि पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका छन् । श्रेष्ठले खिचेका उक्त तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल बनेको छ ।




प्रतिकृया दिनुहोस्