Birendranagar Municipality

नेपाल र चीनबीच अरनिको राजमार्ग स्तरोन्नती गर्ने समझदारी

नेपाल र चीनबीच अरनिको राजमार्ग स्तरोन्नती गर्ने समझदारी

तस्बिर : रासस

सेरोफेरो
३१ साउन । भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउने योजना अनुसार चीनले अरनिको राजमार्ग स्तरोन्नती सहितका योजनामा खर्च गर्ने गरी एक समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको छ ।

 

अरनिको राजमार्ग स्तरोन्नती र रसुवागढीमा पक्की पुल निर्माणका लागि एक अर्ब आरएमवी अर्थात करिब साढे १५ अर्ब रुपैयाँ खर्च गर्ने आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको बताइएको छ ।

 

भूकम्पपछिको पुननिर्माणका लागि चीनले घोषणा गरेको तीन अर्ब आरएमवी मध्ये एक अर्ब सन २०१६ मा खर्च भएको थियो भने सन २०१७ मा एक अर्ब खर्च हुनेछ । बाँकी एक अर्ब सन २०१८ मा खर्च गर्ने गरी अर्को समझदारी हुने बताइएको छ ।

 

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छादार र चिनियाँ उपप्रधानमन्त्री वाङ याङबीच दुई पक्षीय वार्तापछि उनीहरुकै उपस्थितिमा मंगलबार भएका तीन समझदारीपत्र मध्ये आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी एउटा हो ।

 

समझदारीपत्रमा दुबै मुलुकका अर्थसचिवले हस्ताक्षर गरेका छन् । पेट्रोलियम, ग्याँस र खानीको अन्वेषणका लागि चीनले सर्वेक्षण गर्न दुई अर्ब नेपाली रुपैयाँ चिनियाँ सहयोग प्राप्त हुने अर्थसचिव सुवेदीले जानकारी दिए । हस्ताक्षर भएको तेस्रो समझदारीमा नेपालमा चिनियाँ लगानी अभिवृद्धि सम्बन्धी रहेको उनले बताए ।


(अन्नपुर्णपोष्टको सहयोगमा तयार पारिएको)

२०७४ साउन ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्