सेरोफेरो
३२ साउन । महान्यायाधीवत्तामा वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारी सिफारिस भएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता भण्डारीलाई महान्यायाधीवक्तामा नियुक्त गरेका हुन् । भण्डारीको नियुक्तिका लागि राष्ट्रपति समक्ष पठाइएको जनाइएको छ ।
निवर्तमान महान्याधीवक्ता रमणकुमार श्रेष्ठले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
प्रधानमन्त्रीले राजीनामा दिएपछि महान्यायाधीवक्ताले समेत राजीनामा दिने प्रचलन भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नियुक्त भएका श्रेष्ठले भने एक साताअघि मात्र राजीनामा दिएका थिए ।
प्रतिकृया दिनुहोस्