सेरोफेरो
४ भाद्र । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन 'व्यवसायिक पत्रकारिताको आधार, स्प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने नाराका साथ आइतवार देखि काठमाडौंमा सुरु हुँदैछ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गइरहेको महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
बिभिन्न जिल्लाहरुबाट महाधिवेशनमा भाग लिनका लागि पत्रकारहरु उपस्थित भएका छन् । आजबाट शुरु हुने महाधिवेसन ६ गतेसम्म चल्नेछ । नयाँ नेतृत्व चयनहुने महाधिवेशनमा कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच गठबन्दन भएको छ ।
गठबन्धनको तर्फबाट सभापतिमा गोविन्द आचार्यको उम्मेदवारी रहेको छ भने प्रेस चौतारीबाट तिर्थ कोइराला चुनावी मैदानमा अघि सारेका छन् । प्रेस चौतारीलाई नयाँ शक्तिलगायत अन्य विभिन्न साना संगठनहरुको समर्थन रहेको छ ।
यसपटक महासंघले नयाँ संरचनाअनुसार नेतृत्व चयन गर्न लागेको हो । महाधिवेशनमार्फत अध्यक्ष, उपाध्यक्ष २, महासचिव १, सचिव ५, कोषाध्यक्ष १ सहित ४५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्ने छ ।
यस महाधिवेसनबाट सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान, एशोसिएटमा समेत नयाँ नेतृत्व आउनेछ ।
मतदाताको अन्तिम नामावली हेर्नुस्
प्रतिकृया दिनुहोस्