सेरोफेरो
५ भाद्र । प्रेस सेन्टर, नेपालले पत्रकार उजिर मगरलाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । पत्रकार महासंघको महासचिव समेत रहेका मगर यस भन्दा अघि प्रेस सेन्टरको तर्फबाट उम्मेदवार बनेका थिए ।
प्रेस सेन्टर नेपालका महासचिव विष्णु प्रसाद सापकोटा 'जुगल' बाट जारी विज्ञप्तिमा महासंघको अध्यक्षको लागि गोविन्द आचार्यलाइ निर्णय गरेकोमा संगठन प्रति घात गरेको विज्ञप्तिमा जनाइएको छ ।
उम्मेदवारी फिर्ता लिई संगठनको निर्णय मान्न पटक/पटक निर्देशनात्मक आग्रह गर्दा समेत नमानी आफ्नो उम्मेदवारी कायमै राखेकाले उजिर मगरलाई आजकै मितिदेखि प्रेस सेन्टरको साधारण सदस्यबाट निष्कासित गरिएको सबैमा जानकारी गराइन्छ विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस् विज्ञप्ति

प्रतिकृया दिनुहोस्