सेरोफेरो
५ भदौ । अब घरैबाट विजुलीको महशुल तिर्न सकिने भएको छ । नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि अनलाइनबाटै महशुल तिर्न सकिने व्यवस्था मिलाएपछि अब ग्राहकलाई प्राधिकरणको महशुल काउन्टरमा लाइन लाग्नुपर्ने बाध्यता हटेको हो ।
उर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उर्जा मन्त्री महेन्द्रबहादुर शाही र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय भुक्तानी प्रणालीको आज औपचारिक उद्घाटन गरेका हुन्।
लगनखेलस्थित प्राधिकरण कार्यालयका ग्राहकले सोमबारदेखिनै अनलाइनबाट महशुल भुक्तानी गर्न थालेका छन् । १५ दिनभित्र उपत्यकाका सबै ग्राहकलाई यस्तो सुविधा दिने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।
यस्तो महसुल महालक्ष्मी बिकास बैंक, ईसेवा, प्रभु बैंक, सिएफएस रेमिट, पेप्वाइन्ट र सिटी एक्सप्रेसका जुनसुकै शाखाबाट पनि तिर्न सकिने जनाइएको छ । प्राधिकरणले हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्लीयरिङ हाउससँग पनि सम्झौताको तयारी गरिरहेको छ । महशुल किओस्क, पोस डिभाइस, मोबाइल एपबाट पनि तिर्न सकिने छ ।
केही समय काठमाडौं उपत्यकामा परीक्षण गर्ने र त्यसपछि उपत्यकाबाहिर पनि सेवा विस्तार गरिने उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले जानकारी दिए।
२०७४ भदौ ५ मा प्रकाशित
प्रतिकृया दिनुहोस्