Birendranagar Municipality

पत्रकार महासंघमा आचार्यको प्यानल विजयी

पत्रकार महासंघमा आचार्यको प्यानल विजयी

सेरोफेरो

६ भदौ । नेपाल पत्रकार महासंघमा प्रेस सेन्टर र प्रेस युनियनको गठबन्धनका उमेदवार गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

 

आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई एक सय पाँच मत अन्तरले हराई अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाएका । अध्यक्ष पदका उम्मेदवार उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत पाए ।

 

खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भएका छन् ।

 

यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी तथा सदस्यहरुमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य निर्वाचित भएका छन् । प्रदेशबाट निर्वाचित सदस्यहरुको सूची सार्वजनिक भइसकेको छ भने खुला केन्द्रीय सदस्यहरुको मतगणना जारी छ ।

 

निर्वाचित प्रदेश सदस्यहरु

प्रदेश नम्बर १ सटेन्द्र जबेगु, प्रेस चौतारी उद्धव तिमिल्सिना, प्रेस युनियन

प्रदेश नम्बर २ देवराम यादव, प्रेस सेन्टर शैलेन्द्र झा, प्रेस युनियन

प्रदेश नम्बर ३ द्वारिका काफ्ले, प्रेस चौतारी कृष्ण गिरी, प्रेस चौतारी

प्रदेश नम्बर ४ रामकृष्ण ज्ञवाली, प्रेस चौतारी नवीन कुइँकेल, प्रेस सेन्टर

प्रदेश नम्बर ५ बसन्त गिरी, प्रेस सेन्टर पुरुषोत्तम सुवेदी, प्रेस युनियन

प्रदेश नम्बर ६ कलेन्द्र सेजवाल, प्रेस युनियन पुर्ण प्रसाद चौलागाईं, प्रेस सेन्टर

प्रदेश नम्बर ७ मीन बम, प्रेस युनियन उत्तर विष्ट, प्रेस चौतारी र श्याम भट्ट, प्रेस सेन्टर (४५–४५ मत)

काठमाडौं उपत्यका

लेखनाथ न्यौपाने, प्रेस सेन्टर गोबिन्द चौलागाईं, प्रेस चौतारी

प्रतिष्ठान तर्फ

टिकाराम प्रधान, प्रेस सेन्टर यम बिरही, प्रेस युनियन 

(तस्बिर : अनलाइनखबर)

२०७४ भदौ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्