सेरोफेरो
६ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दैछन्। प्रधानमन्त्रीको भारत भ्रमण अघि देउवाले चौथो पटक १५ जना राज्यमन्त्री थप्न लागेका हुन् ।
सरकारमा नेपाली कांग्रेसबाट १२ जना राज्यमन्त्री र फोरम लोकतान्त्रिकबाट तीन जना राज्यमन्त्री थपिदै छन् ।
नेपाली कांग्रेसबाट सीता गुरुङ (भौतिक पूर्वाधार तथा यातायात), सरिता प्रसाई (कृषि), शेषनाथ अधिकारी (शिक्षा), नरबहादुर चन्द (बाणिज्य), अब्दुल रज्जाक (खानेपानी), तप्तबहादुर बिष्ट (सूचना तथा सञ्चार), अमरसिंह पुन (सिचाई) राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
कांग्रेसबाटै दिलमान पाख्रिन (कानुन, न्याय तथा संसदीय), उदय शमशेर (अर्थ), डिल्लीबहादुर चौधरी (श्रम), तेजुलाल चौधरी (युवा तथा खेलकुद), चम्पादेवी खड्का (सहकारी तथा गरिवी निवारण) लाई राज्यमन्त्रीमा सिफारिस भएका छन्।
यसैगरी सत्तारुढ दल फोरम लोकतान्त्रिकबाट जनकराज चौधरी ( संघीय मामिला तथा स्थानीय विकास),सुमित्रा थरुनी (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन) र यसोदा कुमारी लामा (भूमी सुधार) राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
सिफारिस राज्यमन्त्री सबैको मंगलवार दिउसो साढे तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सपथ ग्रहणको कार्यक्रम रहेको जनाइएको छ।
राज्यमन्त्रिको सुचि हेर्नुहोस्

प्रतिकृया दिनुहोस्