सेरोफेरो
७ भदौ । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल वायुसेवा निगमको उडानबाट बुधबार बिहान १० बजे उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो । भ्रमण दलमा देउवा पत्नी आरजु राणा, मन्त्री, मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत, व्यापारी तथा सञ्चारकर्मीको सहभागिता रहेको छ । प्रधानमन्त्रीको विदाइमा सभामुख ओनसरी घर्ती, सरकारका मन्त्री, सरकारी अधिकारीहरुलगायत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार आज नयाँदिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्राम गरी त्यहाँस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ ।
आजै साँझ प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्ने कार्यक्रम छ ।
त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने छन् ।
(तस्विर अनलाइनखवर)
प्रतिकृया दिनुहोस्