Birendranagar Municipality

प्रधानमन्त्री देउवालाइ भारतका विदेश मन्त्रीले गरिन स्वागत

प्रधानमन्त्री देउवालाइ भारतका विदेश मन्त्रीले गरिन स्वागत

फाइल तस्विर

सेरोफेरो
७ भाद्र । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय विदेशमन्त्री सुस्मा स्वराजले इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन्।

 

प्रधानमन्त्रीको स्वातगमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय, भारतीय राजदूत मन्जिव सिंह पुरी विमानस्थल पुगेका थिए। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा एक प्रतिनिधिमण्डल सहित देउवा आज भारत प्रस्थान गरेका थिए।

 

प्रधानमन्त्री सहित केहि विशिष्ट व्याक्तिहरुलाइ राष्ट्रपति भवनमा बस्ने व्यवस्था मिलाइएको जनाइएको छ।

 

देउवाले आज मध्यान्ह नेपाली राजदूतावासमा भारतमा रहेका नेपाली समुदायसँग भेटघाट गर्ने छन्। प्रधानमन्त्रीले आजै भारतीय व्यापारीहरुसँग लगानी भित्र्याउने उदेश्य सहित छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

२०७४ भाद्र ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्