Birendranagar Municipality

प्रधानमन्त्री देउवा र मोदी वीच भेटबार्ता :आठ समझदारी पत्रमा हस्ताक्षर

प्रधानमन्त्री देउवा र मोदी वीच भेटबार्ता :आठ समझदारी पत्रमा हस्ताक्षर

सेरोफेरो
८ भाद्र । पाँच दिने राजकिय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच  हैदरावाद हाउसमा बिहीबार भेटबार्ता भएको छ ।

भ्रमणको क्रममा आजै नेपाल र भारतबीच विभिन्न क्षेत्रका आठवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपालको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको २५ करोड अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) अनुदान सहयोग परिचालनका लागि चार विधामा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार स्वास्थ्य, सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्र क्रमशः पाँच, पाँच करोड अमेरिकी डलर र भूकम्पपीडितका घर निर्माणका लागि १० करोड अमेरिकी डलर (१० अर्ब रुपैयाँ) नेपालले खर्च गर्नेछ ।

यसैगरी, गुणस्तर तथा नापतौलसम्बन्धी, एसियाली विकास बैंकको सहयोगमा सञ्चालित दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) कार्यक्रमअन्तर्गत मेची पुल निर्माण र लागुऔषध ओसारपसार नियन्त्रण जस्ता विषयमा समेत समझदारी भएको छ ।

बिहीवार नै नेपाल भारत प्रसारण लाइनको अन्तर्गत कुशाहा कटैया प्रसारण लाइनको  देउवा र मोदीले संयुक्त रुपमा उदघाटन गरेका छन् ।

 

देउवाले राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

त्यसैगरी, देउवालाई गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको जनाइएको छ ।

पत्रकार सम्मेलन हेर्नुहोस्

२०७४ भाद्र ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्