सेरोफेरो
९ भदौ । भारतका चर्चित धर्मगुरु गुरमीत राम रहीमलाई बलात्कारको मुद्दामा अदालतले दोषी ठहर गरेको छ । फैसलालगत्तै भड्किएको हिंसाका कारण पञ्जाब र हरियाणा राज्यमा ११ जनाको मृत्यु भएको छ ।
पंचकुलाको विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । उनलाई हिरासतमा लिएर सेनाको नियन्त्रणमा राख्ने फैसला भएको छ । अदालतले यसबारे २८ अगष्टमा सजाय सुनाउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
हिंसा नियन्त्रणमा लिन हरियाणाको पंचकुला र पञ्जाबको फिरोजपुर, धटिडा र मानसामा कर्फ्यु लगाइएको छ भने फतेहबाद, जयतो र फरिदकोटलाई रेड अर्टलमा राखिएको छ । प्रहरीले चार जनालाई पेट्रोल बमसहित पक्राउ गरेको छ ।
हिंसा भड्कने आशंकामा २६ अगष्टमा पञ्जाबको थुप्रै स्कूल कलेज बन्द राख्न भनिएको छ । राजस्थानको गंगानगरमा इन्टरनेट सेवा बन्द गरिएको छ ।
प्रतिकृया दिनुहोस्