सेरोफेरो
९ भदौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित रहेको मामा भान्जा होटल एण्ड लजका मालिक देवीप्रसाद ढकाल पक्राउ परेका छन् । उनले आफ्नै होटलका ग्राहक तिलागुफा नगरपालिका–११ कालिकोटका ३२ बर्षीय रतनबहादुर शाहीलाई बन्चरो प्रहार गरी हत्या गरेका थिए ।
घटनापश्चात् भागीरहेको अवस्थामा ढकाललाई पक्राउ गरिएको थियो । उनलाई थुनामा राखी हत्याबारे थप छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रतिकृया दिनुहोस्