सेरोफेरो
१० भदौ । जिल्ला समन्वय समिति बर्दियामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त प्यानल विजयी भएको छ । संयुक्त समूहबाट प्रमुखमा माओवादी केन्द्रका शंकर थारु तथा उपप्रमुखमा एमालेका मानबहादुर विष्ट निर्वाचित भएका हुन् ।
यसैगरी जिसस सदस्यमा एमालेका शान्ति थारु, रामसुमीरण यादव र धनबहादुर सुनार एवं माओवादी केन्द्रबाट शान्ति थारु, कल्पना थारु, सूर्यबहादुर सुनार र भक्तिराम अधिकारी १२–१२ मत प्राप्त गरी विजयी भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुले मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पौडेलसमक्ष शुक्रबार शपथ खाएलगत्तै पदभार ग्रहण गरेका छन् ।
प्रतिकृया दिनुहोस्