Birendranagar Municipality

विवेकशील साझा पार्टीको सुर्खेत संयोजकमा रेग्मी

विवेकशील साझा पार्टीको सुर्खेत संयोजकमा रेग्मी

सेरोफेरो
१० भदौ । विवेकशील साझा पार्टीले शनिबार सुर्खेत जिल्ला संयोजकमा इन्जिनियर ओमदत्त रेग्मीलाई चयन गरेको छ । पार्टीका केन्दीय संयोजक रविन्द्र मिश्रसहितको टोलीले गतहप्ता मात्रै प्रदेश नम्बर ६ को संयोजकको जिम्मेवारी गेहेन्द्रप्रसाद दाहाललाई दिएको थियो ।


दाहाल प्रदेश संयोजक भएपश्चात् उनकै पहलमा जिल्ला संयोजकमा रेग्मीलाई चयन गरिएको हो । उनलाई प्रदेश सदस्यमा समेत मनोनयन गरिएको छ । लामो समय तत्कालिन जिल्ला विकास समिति सुर्खेतमा काम गरेका रेग्मी स्वच्छ छविका मानिन्छन् ।

 

जिल्ला संयोजक घोषणा कार्यक्रममा बोल्दै दाहालले ६ नम्बर प्रदेशमा साझा पार्टीलाई पहिलो बनाउने दावी गरे । विवेकशील र साझा पार्टी एकीकरणपश्चात् देशैभरी संगठन विस्तारमा जुटेको छ ।

२०७४ भदौ १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्