Birendranagar Municipality

एसिसि यू-१९ क्रिकेट टोलीको घोषणा

एसिसि यू-१९ क्रिकेट टोलीको घोषणा

सेरोफेरो
११ भदौ । मलेसियामा हुने एसिसि अण्डर १९ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा राष्ट्रिय टोलीको घोषणा भएको छ ।

 

टोलीमा पूर्वकप्तान सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापामगर, अनिल कुमार शाह, पवन शर्राफ, रोहित कुमार पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादव, विक्रम कुमार भुषाल, सुन्दिप जोरा, सुमित महर्जन रहेका छन् ।


राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोद दासले संयुक्त रुपमा खेलाडि छनौट गरेका हुन् । भदौ २३ गतेबाट सुरु हुने प्रतियोगिताको शीर्ष दुईमा रहने टोली एशिया कपका लागि छनौट हुनेछन् ।

 

समुह ए मा नेपाल सहित सिंगापुर, थाईल्याण्ड र भुटान छन् भने समुह बीमा मलेसिया, हङकङ, चाईना र म्यानमार रहेका छन् ।

२०७४ भदौ ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्