Birendranagar Municipality

केन्द्रीय सदस्य सेजुवाल सम्मानित

केन्द्रीय सदस्य सेजुवाल सम्मानित

सेरोफेरो
१२ भदौ । नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल सम्मानित भएका छन् । महासंघको सुर्खेत शाखाले सोमबार एक कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरेको हो ।


नागरिक दैनिक पश्चिमेलीका सम्पादक सेजुवाल महासंघकाे २५ अाैं महाधिवेशनमा प्रदेश ६ बाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका थिए । उनी सुर्खेत शाखाका सदस्य तथा केन्द्रीय पार्षद समेत हुन् ।


बधाई तथा सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सेजुवालले सवै पत्रकारहरुलाई एकतावद्ध गराई उनीहरुको हक हितका लागि कार्य गर्ने बताएका छन् ।


नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरु कमलेश डिसी र श्रीधर पौड्याल, प्रेस युनियन सुर्खेतका अध्यक्ष नरेश थापा, प्रेस चौतारी सुर्खेतका अध्यक्ष सूर्यप्रकाश कंडेलले बधाई मन्तव्य राखेका थिए ।

२०७४ भदौ १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्