Birendranagar Municipality

उजुरी पर्नासाथ छानविन गर्छौं : पन्थ

उजुरी पर्नासाथ छानविन गर्छौं : पन्थ

सीता वली/सेरोफेरो
१२ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी प्राप्त हुनासाथ छानविन प्रकृया शुरु गर्ने क्षेत्रीय कार्यालय सुर्खेतका प्रमुख रविलाल पन्थले बताए । सोमबार सुर्खेतमा आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नवनियुक्त प्रमुख पन्थले कसैको दबावमा नपरी आयोगले तत्काल छानविन गर्ने बताएका हुन् ।


'सार्वजनिक पद धारण गरेको व्यक्तिले कुनै अनियमितता गरेको जानकारी पाउनासाथ अनुसन्धान प्रक्रिया अगाडि बढाई कारबाही गर्छौं', उनले भने– 'कानुनी रुपमानै हामीलाई उक्त अधिकार प्राप्त छ ।' कार्यक्रममा प्रारम्भिक अनुसन्धान तर्फका उजुरीहरुको मन्त्रालयगत विवरण प्रस्तुत गरिएको थियो । आर्थिक बर्ष ०७३/०७४ मा सबैभन्दा बढि शिक्षामा २६३ वटा उजुरी परेको विवरणमा उल्लेख छ । 

 

सुर्खेत जिल्लामा सबैभन्दा बढि १ सय ३३ उजुरी दर्ता भएको र १ सय ३ उजुरी फछर्यौट भई बाँकी ३० उजुरी रहेको आयोगले जानकारी दिएको छ । त्यस्तै जाजरकोटमा एक सय एक, कालिकोटमा ९९, दैलेखमा ७९, हुम्लामा ४८, रुकुममा ४२, जुम्लामा ४१, सल्यानमा २५ र सबैभन्दा कम डोल्पामा २२ वटा उजुरी परेको र त्यसमध्ये ८ वटा मात्र फछर्यौट भएको तथा १४ वटा उजुरी फर्छ्यौट हुन बाँकीनै रहेको आयोगको विवरणमा उल्लेख छ ।

२०७४ भदौ १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्