Birendranagar Municipality

राष्ट्रपतिद्वारा गौरापर्वको शुभकामना

राष्ट्रपतिद्वारा गौरापर्वको शुभकामना

सेरोफेरो
१३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा मनाइने धार्मिक सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको कामना गरेकी छन् । उनले मंगलबार शुभकामना सन्देश दिंदै सदियौंदेखि मनाइँदै आएको गौरा पर्वको आफ्नै ऐतिहासिक एवं पौराणिक महत्व रहेको बताएकी छन् ।

 

'हाम्रा लोक परम्परा एवम् सांस्कृतिक पर्वहरुले सबै नेपालीहरुबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई यसबाट राष्ट्रिय एकता सुदृढ हुँदै आएको छ', राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

२०७४ भदौ १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्