Birendranagar Municipality

प्रदेश र प्रतिनिधिसभाको चुनाव दुई चरणमा, दोस्रो निर्वाचन मंसिर २१ गते

प्रदेश र प्रतिनिधिसभाको चुनाव दुई चरणमा, दोस्रो निर्वाचन मंसिर २१ गते

सेरोफेरो

१४ भदौ । नेपाल सरकारले प्रदेश र संघिय चुनावलाइ दुई चरणमा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति मंसिर २१ गतेलाई तोकेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

 

मंसिर १० मा दुवै तहका निर्वाचन गर्ने सरकारको पूर्ववत निर्णयलाइ आजको बैठकले पुनरावलोकन गरेको हाे । बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारेमा राजनीतिक सहमतिका आधारमा छलफल गरी निर्णय गर्ने र संवैधानिक परिषदबाट पदाधिकारी सिफारिस गर्ने गरी राष्ट्रिय प्रकृति तथा वित्त आयोग गठन गर्ने निर्णय समेत गरेको छ ।

 

सरकारले सहायक रथी राजेन्द्र कार्कीलाई उपरथिमा बढुवा गर्ने, भूमिसुधार सचिव कृष्णप्रसाद देवकोटालाई आपूर्ति मन्त्रालय, शम्भु कोइरालालाई भूमिसुधार, कृष्णराज विसीलाई खानेपानी र महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।

 

यसैगरी एशियाली विकास बैंकबाट भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि प्राप्त १५ अर्ब ४८ करोड ऋण अनुदान सहायता स्वीकार्ने निर्णय पनि आज बसेको मन्त्रिपरिषदको बैठकले गरेको छ ।

 

२०७४ भदौ १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्