Birendranagar Municipality

कहाँ कति निर्वाचन क्षेत्र कायम गरियो हेर्नुहोस्

कहाँ कति निर्वाचन क्षेत्र कायम गरियो हेर्नुहोस्

सेरोफेरो
१५ भदौ । सरकारबाट गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले संबैधानिक व्यवस्था अनुसार नेपालमा प्रतिनिधिसभा सिट संख्या १६५ कायम भएको सिफारिस गरेको छ। यसअघि रहेका २४० निर्वाचन क्षेत्रलाई घटाएर १६५ मा झारिएको हो।

 

यस्तै प्रदेशसभा संसद् सिट संख्या भने १ सय १६ को दोब्बर अर्थात ३ सय ३० कायम भएको छ। आयोगले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाइ प्रतिवेदन बुझाएको छ । जस अनुसार सवैभन्दा धेरै प्रदेश नं ३ मा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ भने सवैभन्दा कम प्रदेश नं ६ मा निर्धारण गरिएको छ ।

 

आयोगले जनसंख्यालाइ प्राथमिकता दिएर क्षेत्र निर्धारण गरेको जनाएको छ ।

 

 

२०७४ भदौ १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्