सेरोफेरो
१५ भदौ । सरकारवाट गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसंख्यालाइ प्राथमिकता दिइ क्षेत्र निर्धारण गरि प्रतिवेदन बुझाएको छ । बुधवार आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाइ प्रतिवेदन बुझाएको हो ।
जसमा देशभरीबाट प्रतिनिधिसभा को लागि सिट संख्या १६५ सिफारिस गरेको छ भने प्रदेशसभाको लागि ३३० निर्वाचन क्षेत्र निर्धारण गरि सिफारिस गरेको छ । प्रतिवेदनमा सवैभन्दा बढि क्षेत्र प्रदेश नं ३ मा कायम गरिएको छ भने सवैभन्दा कम प्रदेश नं ६ मा निर्धारण गरि सिफारिस गरिएको छ ।
आयोगले जनसंख्यालाइ मात्र आधार बनाइ भुगोललाइ उपेक्षा गरेको भन्ने आवाज उठ्न थालेको छ । प्रदेश नं ६ का कुल १० जिल्ला मध्ये सुर्खेत र दैलेखमा प्रतिनिधी सभाको लागि २/२ निर्वाचन क्षेत्र कायम गरिएको छ भने अन्य आठ जिल्लामा १/१ क्षेत्र निर्धारण गरि आयोगले सिफारिस गरेको छ ।
यसैगरि प्रदेशसभाको लागि सुर्खेत र दैलेख जिल्लामा ४/४ क्षेत्र निर्धारण गरेको छ भने अन्य ८ जिल्लामा २/२ क्षेत्र निर्धारण गरि सिफारिस गरेको छ । प्रदेश नं छ मा प्रतिनिधी सभाको लागि जम्मा १२ र प्रदेशसभाको लागि २४ निर्वाचन क्षेत्र कायम गरिएको छ ।
प्रतिकृया दिनुहोस्