Birendranagar Municipality

सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि

सेरोफेरो
सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि

१ भदाै । नेपालमा सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। योसंगै कुल संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमित हुनेमा १ सय ७३ महिला र ४ सय ८ पुरुष छन् ।

 

यस्तै पछिल्लो २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ छ।

 

यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको पाइएको हो।

 

मन्त्रालयका अनुसार हालसम्म ५ लाख २९ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गरिएको छ।

 

२०७७ भदाै १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्