Birendranagar Municipality

 एसईईको नतिजा सोमबार सार्वजनिक

सेरोफेरो
  एसईईको नतिजा सोमबार सार्वजनिक

१ भदौ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

 

पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ ।

 

गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो ।

 

विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो । एसईईको नतिजा नेपाल टेलिकमको १६०० मा डायल गरेर निर्देशन बमोजिम नतिजा थाहा पाउन सकिन्छ ।

 

यसैगरी नेपाल टेलिकम र एनसेलको १६०० र इजी सर्भिसको ३४९४९ नम्बरमा एसएमएस गरेर पनि नतिजा प्राप्त गर्न सकिन्छ । माध्यमिक शिक्षा परीक्षा कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा तथा मानव विकास केन्द्र, नेपाल दुरसञ्चार प्राधिकरण वा एनसेलको वेभसाइटमा गएर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

२०७७ भदौ १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्