Birendranagar Municipality

योग शिबिर भवनको उद्घाटन

सेरोफेरो/सुर्खेत
योग शिबिर भवनको उद्घाटन

२ भदौ । नारायण नगरपालिका वडा नं १ मा दिब्य योग शिबिर भवनको उद्घाटन गरिएको छ ।

 

सोमबार एक कार्यक्रमका विच निर्वाचन क्षेत्र विकास पुर्वाधार कार्यक्रम अन्तर्गत प्रदेश सभा सदस्य अम्मरबहादुर थापाले उक्त भवनको उद्घाटन गरेका हुन् । सबै रोगको एउटै उपचार योग अभ्यास भन्ने उदेश्यका साथ योग शिबिरको उद्घाटन गरिएको प्रदेश सभा सदस्य थापाले जानकारी दिए ।

 

यस भवन निर्माणको लागी नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का, उप प्रमुख सावित्री मल्ल र वडा अध्यक्ष तिर्थ नारायण श्रेष्ठको भुमीकाको लागी सांसद थापाले प्रसंशा गरे । आफ्नो निर्वाचन क्षेत्रमा भौतिक निर्माण, सामाजिक विकास र रुपान्तरण आफ्नो मुख्य प्राथमिकता रहेको सांसद थापाको भनाई छ ।

 

योग शिविर भवन ५० लाख लागतमा निर्माण भएको हो ।

२०७७ भदौ २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्