५ भदौ । जुम्ला जिल्लामा एकैदिन ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार कर्णाली प्रदेशमा ६२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २२२५ पुगेको छ ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा मात्रै जुम्लाका ५२ जनासहित ५६ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
सबैभन्दा धेरै जुम्लाको हिमा गाउँपालिकाका ४८ जना रहेका छन् । संक्रमितहरु गाउँपालिकाको वडानम्बर १, ३, ४, ५, ६ र ७ का हुन् । जुम्लाकै चन्दनाथका ३ र कनकासुनदरीका एकजनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।
यसैगरी सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा दैलेख, कालीकोट र बाँकेका एक एकजना गरी तीनजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय जनाएको छ ।
स्वास्थ्य सेवा महाशाखाका अनुसार रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणमा रुकुम पश्चिमकै मुसिकोट नगरपालिका ३ जनामा कोरोना पुष्टि भएको छ ।
हालसम्म १९४५ जना भने डिस्चार्ज भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ । २७४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
प्रतिकृया दिनुहोस्