Birendranagar Municipality

पछिल्लो २४ घण्टामा देशभर ८३८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको ज्यान गयो

सेरोफेरो
पछिल्लो २४ घण्टामा देशभर ८३८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको ज्यान गयो

५ भदौ । पछिल्लो २४ घण्टामा देशभर ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससंगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ३० हजार चार सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा १३ हजार पाँच सय ७९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा आठ सय ३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा दुई सय ५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १८ हजार दुई सय १४ पुगेको छ ।

 

अब नेपालमा १२ हजार एक सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै १२ हजार दुई सय ३४ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

यस्तै गएको २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ३७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

२०७७ भदौ ५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्