६ भदौ । महात्मा गान्धीको चस्मा २ करोड ५५ लाख भारतीय रुपैयाँमा लिलाम बिक्री भएको छ ।
बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बढाबढमा गान्धीको चस्मा अमेरिकी नागरिकले किनेका हुन् ।
यद्धपी इस्ट ब्रिस्टलका एन्ड्रयू स्टोले गान्धीको चस्मा १४ लाख भारुसम्ममा बिक्री हुने अपेक्षा रहेको बताएका थिए ।
सो चस्माका मालिक ब्रिस्टलको म्यानगट्सफिल्डका वृद्धले लिलामीबाट आएको रकम छोरी र आफूले बाँडेर लिने बताएको बिबिसीले उल्लेख गरेको छ ।
सन् १९१० देखि १९३० को अवधिमा दक्षिण अफ्रिकामा काम गर्ने बेला गान्धीले आफ्ना काकालाई सो चस्मा दिएको ती वृद्धले बताएका छन् ।

प्रतिकृया दिनुहोस्