Birendranagar Municipality

शनिवार ६३४ जनामा कोरोना संक्रमण पुष्टि

सेरोफेरो
शनिवार ६३४ जनामा कोरोना संक्रमण पुष्टि

६ भदौ । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । यसैगरी उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

 

देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

यस्तै पर्साका ५९ जना, मोरङका ५२, सिराहाका ३५, मकवानपुरका ३२, सुनसरीका ३१, बाँकेका २८, चितवनका २७, रुपन्देहीका २३, झापाका १७, कास्कीका १६, कपिलवस्तुका १५, कैलालीका १४ र बाराका १० जनामा संक्रमण देखिएको छ ।

 

बर्दियाका ७, सल्यानका ६, दोलखाका ४, भोजपुर, धनुषा, रौतहट, सप्तरी, काभ्रे, नवलपुर र नवलपरासीका ३/३ जना, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतका २/२ तथा इलाम, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटीका १(१ जनामा संक्रमण देखिएको छ ।


यस्तै १८ हजार ३५० जना निको भइसकेका छन् भने १२ हजार ६२१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८ हजार ७०५ संस्थागत र अरु होम आइसोलेसनमा छन् ।

 

देशभर १४६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाए ।

२०७७ भदौ ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्