Birendranagar Municipality

पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना पुष्टि

सेरोफेरो
पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना पुष्टि

७ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ८१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २२० महिला र ५९८ पुरुष गरेर ८१८ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

 

काठमाडौं उपत्यकामा भने २४ घण्टामा १६६ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका गौतमका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमण पुष्टि भएको हो।

 

यसैगरी नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको हो।

 

झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको गौतमको भनाई छ।

२०७७ भदौ ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्