Birendranagar Municipality

२४ घण्टामा ७४३ जनामा कोरोना सङ्क्रमण, ८ जनाको मृत्यु

सेरोफेरो
२४ घण्टामा ७४३ जनामा कोरोना सङ्क्रमण, ८ जनाको मृत्यु

८ भदौ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ६ सय ७८ पुगेको छ । गएको २४ घण्टामा सात सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा १० हजार २५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा सात सय ४३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा एक सय ६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या १८ हजार आठ सय ६ पुगेको छ ।

 

अब नेपालमा १३ हजार सात सय १५ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै ११ हजार दुई सय ७५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

यस्तै गएको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

२०७७ भदौ ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्