Birendranagar Municipality

पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

सेरोफेरो
पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

९ भदौ । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

 

यससँगै संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । उनीहरुमध्ये १९ हजार १९९ निको भएका छन् ।

 

पछिल्लो २४ घण्टामा मात्र ३१३ जना डिस्चार्ज भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

 

मृत्यु हुनेमा काठमाडौं, महोत्तरी र बाराका दुईरदुई जना तथा पर्सा, रुपन्देही र कैलालीका एकरएक जना छन् । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७२ पुगेको छ ।

२०७७ भदौ ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्